कोशीका मुख्यमन्त्री र मन्त्रीद्धारा शपथग्रहण

खबर बुक
  • ख-
  • ख+

विराटनगर , २२ भदौ। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएकाे छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङबाट उहाले पद तथा शपथ लिनुभएकाे हाे ।

सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गर्नुभएकाे हाे ।

कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् पनि बनाउनुभएकाे छ ।

एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बन्नुभएकाे छ । उहाहरुले पनि शपथ लिनुभएकाे छ ।

सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त हुनुभएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्