कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ २२ । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।

सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ ९३० अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

उहाँकाे शपथ केहीबेरमा हुनेछ । कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने छन् ।

एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बन्ने भएका छन् । सृजना राई सामाजिक विकास राज्यमन्त्री बनाउने तय भएको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयाे  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्