नेपाल सीमापार सुरक्षा र सहयोग प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न तयार छ : प्रधानमन्त्री

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ भदौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सीमापार सुरक्षा र सहयोग प्रवर्द्धनमा सक्रिय भुमिका खेल्न तयार रहेको बताउनुभएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय प्रहरी सहकारिता दिवस र इन्टरपोलको १०० औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले  अन्तर्राष्ट्रिय समकक्षहरूसँग सहकार्य गरेर विश्वव्यापी अपराधबाट उत्पन्न हुने बहुआयामिक चुनौतिहरूलाई अझै राम्रोसँग सम्बोधन गर्न सकिने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले अपराधीहरूले प्रविधिको दुरुपयोग गरी नराम्रा क्रियाकलापहरू गरिरहेको भन्दै यसमा अन्तर्राष्ट्रिय प्रहरी सहयोगको महत्व अतुलनिय रहेको बताउनु भयो ।

उहाँले अन्तर्राष्ट्रियस्तरमा संगठित अपराध, साइबर क्राइम र आतंकवादको वृद्धि भइरहेको भन्दै यसको नियन्त्रण गर्न आग्रह गर्नुभयो । उहाँले मानवअधिकारको संरक्षणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले नागरिकहरु भयरहीत रुपमा बस्नसक्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्