एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणका लागि काठमाडौंमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ १२ । अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणका लागि मंगलबार काठमाडौं आउनुभएको छ ।

अलफोर्ड एमसीसी कार्यान्वयनको औपचारिक घोषणाहुने कार्यक्रममा सहभागी हुन काठमाडौं आउनुभएको हो । नेपाल भ्रमणमा रहदा अलफोर्डले एमसीसीसँगै अन्य अमेरिकी परियोजना र स्थानीय सांस्कृतिक क्षेत्रमको भ्रमण गर्ने तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम छ ।

उहाँ १५ गते स्वदेश फर्किने बताइएको छ । मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसिसी बुधबारदेखि कार्यान्वयन हुदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्