राष्ट्रपतिद्वारा तीन देशमा राजदूत नियुक्त

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ३ देशमा राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ अनुसार राजदूतहरूको नियुक्ति गरेका हुन् ।  जसअनुसार सुधीर भट्टराई फ्रान्स, तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्स (यूएई) र घनश्याम लम्साल कुवेतको राजदूत नियुक्त भएका छन् ।

उनीहरु मन्त्रिपरिषद्को सिफारिसमा यसअघि नै संसदीय सुनुवाइपछि राजदूतमा अनुमोदन भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्