कोशी प्रदेश सरकारलाई दीर्घकालीन महत्वको निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ७ भदौ ।  सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले उद्धव थापा नेतृत्वको सरकारलाई दीर्घकालीन र दूरगामी प्रभाव पर्ने नीतिगत निर्णय नगर्न भनेको हो ।

प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पदको दुरुपयोग गरी व्यक्त गरेको मतका आधारमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्