सीआईबी र एमालेबीच अविश्वास सिर्जना गर्न खोजियो योगेश-भट्टराई

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ ६ । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले सीआईबी र एमालेबीच अविश्वास सिर्जना गर्न खोजिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बिशेष समयमा बोल्दै भट्टराईले एमाले राज्यको प्रत्येक निकायमा विश्वास गर्ने पार्टी भएको भन्दै उच्चपदस्थ संलग्नलाई कानूनी दायरामा ल्याउनका लागि उच्चस्तरीय छानविन समितिको माग गरेको बताउनुभएको हो ।

उहाले राजनीतिक दबावका कारण स्वतन्त्रपूर्व काम गर्न नदिएको यसअघि देखिएकाले सीआईबीका साथै स्वतन्त्र छानबिनको पक्षमा रहेको बताउनुभयो ।

त्यस्तै उहाले बाहिर हल्ला गरेजस्तो एमाले संसद् विरोधी नभएको दाबी गर्दै सत्ता पक्षलाई सदन नचाहिए पनि एमालेलाई सधै संसद् चाहिने बताउनुभयो । भट्टराईले संसद्को गतिविधि अगाडि बढाएर थाँती रहेका विधेयक पारित गराउनेतर्फ सबै राजनीतिक दल जिम्मेबार बन्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सदन खुल्नु सबैको लागि खुसीको कुरा भएको भन्दै राष्ट्रिय मुद्धामा सहमति गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाले सुन तस्करी प्रकरणको अनुसन्धानलाई अरु अनुसन्धानले ओझेलमा पार्ने काम गर्न नहुने उल्लेख गर्नुभयो ।

त्यस्तै राप्रपा सांसद ज्ञानबहादुर शाहीले ठूला ठूला व्यक्ति र नेताहरुलाई कानून नलाग्ने र सानालाई मात्रै कानून लाग्ने प्रवृति देखिएको भन्दै असन्तुष्टि जनाउनुभयो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्