कैलालीमा सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट, दुई सैनिक घाइते

खबर बुक
  • ख-
  • ख+

कैलाली । कैलालीमा नेपाली सेनाको सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा दुई जना सैनिक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–४ स्थित वनदेवी फायरिङ रेन्जमा नेपाली सेनाको देवीदल गण, तेघरी ब्यारेकले सञ्चालन गरेको सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट भएको हो।

घाइते हुनेमा सहायक सेनानी विक्रम कार्की (३०) र सैनिक रञ्जित थारु (२०) रहेका छन्। दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनापछि उनीहरूलाई प्रारम्भिक उपचारका लागि धनगढीस्थित बोराडाँडी ल्याइएको थियो। त्यसपछि थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्