कोशी सरकारको विवादबीच ओलीलाई भेट्न गुण्डु पुगे मुख्यमन्त्री हिक्मतकुमार कार्की

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न भक्तपुरको गुण्डु पुगेका छन्।

मंगलबार पनि ओली र कार्कीबीच प्रदेश सरकारको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको थियो। एमाले र नेकपाबीच कोशी प्रदेशमा गठबन्धन गरी एमालेकै नेतृत्वमा सरकार गठन गर्ने सहमति भए पनि मुख्यमन्त्रीको विषयमा पार्टीभित्र विवाद देखिएको छ।

एमाले संसदीय दलका नेता समेत रहेका कार्कीलाई हटाएर अर्का नेतालाई दलको नेता तथा मुख्यमन्त्री बनाउने प्रयास केही नेताहरूले गरिरहेका छन्। विशेषगरी नेता शेरधन राई कार्कीको विकल्प खोज्न सक्रिय रहेको बताइएको छ।

यता, कार्कीले भने आफूले मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान दोहोर्याउँदै आएका छन्। उनले आफ्नो राजीनामाले प्रदेश सरकारमा संवैधानिक संकट उत्पन्न हुन सक्ने दाबी गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्