दावा लामासंग कनेक्सन देखिएकाहरुको टेलिफोन रेकर्ड फरेन्सिक ल्याबबाट जाँच गर्न रविको माग

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ ६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा लामासंग कनेक्सन देखिएकाहरुको टेलिफोनमा भएको रेकर्ड फरेन्सिक ल्याबबाट जाँच गराउनुपर्ने बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै लामिछानेले दावा लामाको कनेक्सन पूर्वप्रहरीका उच्चअधिकारीसँग रहेको दावी गर्दै टेलिफोनमा भएको रेकर्ड फरेन्सिक ल्याबबाट जाँच गराएर संसदीय समितिले अथवा संसदले जस्ताको तस्तै हेर्न पाउनुपर्ने बताउनुभएको हो । एक सरकारी अधिकारीले सुन आएको कुराको जानकारी लामा भनिएका व्यक्तिलाई फोटोसमेत पठाएको जानकारी प्रहरी नेतृत्वले आफुलाई गराएको भन्दै उहाले यसको जानकारी सम्बन्धित निकायलाई गराउने धारणा राख्नुभयो ।

लामिछानले अहिले छानविन आयोग गठनमा सहमति जुटेपनि बिगतमा जस्तो देखाउनका लागि छानविन हुन नहुने जिकिर गर्नुभयो । उहाले अहिलेको अनुसन्धान नवयुवराजहरुतिर आयो भने फेरि सरकारले भनेको सुशासन बालुवाटार जग्गा, शरणार्थी प्रकरण जस्तो अड्कीने होकी भन्ने आशंका व्यक्त गर्नुभयो ।

त्यस्तै उहाले अहिले पनि सरकारले सुशासनको कुरा गरिरहेको अवस्थामा शंकाको सुविधा दिएर सरकारले भनेको छानबिन सही ढंगले अगाडि बढ्ने विश्वास रहेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्