एमाले र राप्रपाका सांसदहरुले बहिष्कारपछि कोशी प्रदेशसभाको बैठक प्रभावित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ ६ । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र राप्रपाका सांसदहरुले बहिष्कार गरेपछि प्रभावित भएको छ ।

बुधबार बसेको बैठक सुरु हुने बितिकै एमाले र राप्रपाका सांसदहरुले मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लङ्घन भएको भन्दै बहिष्कार गरेका हुन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा सभाका अध्यक्षले अधिकारको दुरुपयोग गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाका अध्यक्ष इसराइल मन्सुरीले पनि थापाको पक्षमा मत दिनुभएको थियो । एमाले र राप्रपाका सांसदले नारावाजी गर्दै बहिस्कार गरेपछि मन्सुरीले बैठक अर्को सूचना नहुन्जेलसम्मको लागि स्थगित गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्