स्वास्थ्य मन्त्रालयद्धारा देशभरका औषधी पसलमा अनुगमन, म्याद गुज्रिएका औषधीहरु फेला

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ साउन । स्वास्थ्य मन्त्रालयले सोमबार देशभरका औषधी पसलमा अनुगमन गरेको छ ।

मन्त्रालयले काठमाडौं उपत्यका लगाएत देशभरका औषधी पसलमा एकसाथ अनुगमन गरेको हो । काठमाडौंमा रहेका केहि औषधी पसलको अनुगमनमा औषधि व्यवस्था विभागका प्रतिनिधिसहित स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत निस्कनुभएको थियो । सो क्रममा औषधि पसलमा म्याद गुज्रिएका औषधीहरु राखेको पाइएको थियो भने बेच्ने अनुमति नपाएका औषधीहरु पनि राखिएको भेटिएको छ ।

नमूना प्रति औषधी र म्याद गुज्रिएका औषधी भेटिएपछि ललितपुरमा एक औषधी पसललाई कारवाही समेत गरिएको छ । मन्त्री बस्नेतले औषधी पसललाई व्यवस्थीत गर्न र जिम्मेवार बनाउनका लागि सरकारले अनुगमन गरेको जानकारी दिनुभयो ।

उहाले अनुगमनपछि आएको प्रतिवेदनका आधारमा कारवाही प्रक्रिया अघि बढाउने भन्दै निरन्तर अनुगमन जारी रहने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्