संविधानको कार्यान्वयन गर्न राज्यका सबै अङ्गले निष्पक्ष भूमिका खेल्नुपर्छ ः राष्ट्रपति भण्डारी

खबर बुक
  • ख-
  • ख+

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानद्बारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्ने बताउनुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ को शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ ।

नवस्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता‚ अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरी राख्न आवश्यक रहेको उहाको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्