नेप्सेमा झिनो सुधार, कारोबार रकम घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो सुधार देखिएको छ। नेप्से परिसूचक ०.५५ अङ्कले बढेर २६४२.४० विन्दुमा पुगेर बन्द भएको हो।

परिसूचकमा सामान्य वृद्धि भए पनि कारोबार रकममा भने उत्साह देखिएन। बुधबार ३४८ कम्पनीका ८७ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार भने ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

नेप्से सकारात्मक रहे पनि अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। कारोबार भएका कम्पनीमध्ये १६५ कम्पनीको सेयर मूल्य घट्दा १०२ कम्पनीको मूल्य बढेको छ भने ९ कम्पनीको मूल्य स्थिर रह्यो।

बुधबार Mount Everest Power Development का लगानीकर्ता सबैभन्दा धेरै लाभान्वित भए। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेर ३४५ रुपैयाँ पुगेको छ। त्यस्तै, इमर्जिङ नेपालको सेयर मूल्य ५.४८ प्रतिशतले बढेको छ।

यता, आईसीएफसी फाइनान्सको डिबेञ्चरको मूल्य सर्वाधिक १५ प्रतिशत घटेको छ। अपर लोहोरे हाइड्रोका लगानीकर्ताले १४.९८ प्रतिशत गुमाएका छन्।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा रह्यो। कम्पनीको ३१ करोड ६० लाख १२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सेन्ट्रल फाइनान्सको २२ करोड ४८ लाख रुपैयाँ र सोलु हाइड्रोपावरको २२ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्