क्यामेराम्यानदेखि कलाकार तथा संगीतकर्मी संघको वरिष्ठ उपाध्यक्षसम्म मुरारी धिमालको यात्रा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । काभ्रेको धुलिखेलमा जन्मिएर हाल काठमाडौंमा व्यवसाय गर्दै आउनुभएका युवा व्यवसायी, सामाजिक अभियन्ता तथा कलाकार मुरारी धिमालले कला तथा संगीत क्षेत्रमा लामो यात्रा तय गर्नुभएको छ। उहाँ हाल संगीतकर्मी संघ, जिल्ला कार्यसमिति काठमाडौंका वरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ।

करिब १८ वर्षअघि सार्वजनिक भागवत कार्यक्रमहरूमा क्यामेराम्यानका रूपमा काम गर्दै धिमालले कला क्षेत्रमा प्रवेश गर्नुभएको थियो। त्यसपछि हजारौँ भक्तजन सहभागी हुने कार्यक्रममा झाँकी प्रस्तुत गर्ने कलाकारका रूपमा समेत उहाँले काम गर्नुभयो।

कलाकारिताको क्रममा चर्चित हास्य टेलिसिरियल ‘मदनबहादुर–हरिबहादुर’ मा अभिनय गर्नुभएका धिमालले करिब १३ वर्षअघि गायिका अञ्जु पन्तका ‘बाटो मोड्यौ तिमीले’, ‘तिम्रो रूपको चर्चा’ र ‘जुनीभरि साथ दिने’ लगायतका गीतका म्युजिक भिडियोमा समेत अभिनय गर्नुभएको थियो।

क्यामेराम्यानबाट सुरु भएको उहाँको यात्रा झाँकी, टेलिसिरियल र म्युजिक भिडियो हुँदै अहिले ‘मायाको कहानी’ सम्म आइपुगेको छ। व्यवसायसँगै सामाजिक तथा सांगीतिक क्षेत्रमा सक्रिय धिमालले कलाकारिता र संगीत क्षेत्रलाई निरन्तरता दिँदै आउनुभएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्