माइतीघरमा लघुवित्त पीडितद्वारा आत्मदाह प्रयास, प्रहरीले गर्‍यो उद्धार

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । माइतीघर मण्डलामा जारी लघुवित्त पीडितहरूको प्रदर्शनका क्रममा एक पीडितले आत्मदाहको प्रयास गरेका छन्। प्रहरीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याएको छ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ का करिब ४५–५० वर्षीय नथुरी मुखियाले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका हुन्।

काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार प्रहरीले तत्काल उद्धार गरी मुखियालाई वीर अस्पताल लगेको हो। मुखियाले आँखामा पोल्ने समस्या भएको बताएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको एसपी थापाले जानकारी दिएका छन्।

आगोका कारण शरीरको माथिल्लो भागमा सामान्य जलन देखिए पनि मुखिया खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्