सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले दुवैजनालाई थुनामा पठाउने आदेश दिएको हो।

यसअघि सम्पत्ति शुद्धीकरणसम्बन्धी पहिलो मुद्दामा थुनामा रहेका भट्ट र अग्रवाललाई बुधबार दोस्रो मुद्दामा अदालतमा उपस्थित गराइएको थियो। दुवैजनाको बयान तथा थुनछेक बहसपछि अदालतले उनीहरूलाई थुनामा पठाउने आदेश दिएको हो।

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई समेत प्रतिवादी बनाइएको सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो मुद्दामा भट्ट र अग्रवालमाथि पनि मुद्दा चलाइएको थियो। सोही मुद्दामा पौडेललाई भने साधारण तारिखमा छाड्न विशेष अदालतले आदेश दिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्