एमाले बागमती संसदीय दलका नेता थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

खबर बुक
  • ख-
  • ख+

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

हेटौंडास्थित एमाले संसदीय दलको कार्यालयमा थपलियाविरुद्ध १६ जना सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव दर्ता भएको हो। प्रस्तावमा थपलियालाई हटाएर किरण थापामगरलाई संसदीय दलको नेता बनाउने उल्लेख गरिएको छ।

किरण थापामगरका अनुसार थप दुई जना सांसदले समेत आफूलाई मौखिक समर्थन गर्ने सहमति जनाएका छन्। एमालेले थापामगरलाई मुख्यमन्त्री बनाउने गरी संसदीय दलको नेता परिवर्तन गर्ने प्रक्रिया अघि बढाएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्