आज संविधान दिवस, सार्वजनिक बिदा पनि 

खबर बुक
  • ख-
  • ख+

आज संविधान दिवस, नेपालमा नयाँ संविधान कार्यान्वयनमा आएको ७ वर्ष पूरा भएको छ ।
२०७२ साल असोज ३ मा नयाँ संविधान लागु भएदेखि सरकारले हरेक वर्ष असोज ३ मा संविधान दिवस मनाउँदै आएको छ । नागरिकलाई लोकतन्त्र, गणतन्त्रको अनुभूत र अधिकार सम्पन्न गराउने उद्देश्यले २०७२ असोज ३ मा नयाँ संविधान जारी गरिएको थियो ।
नयाँ संविधान लागु भएसँगै मुलुक सङ्घीयतामा गएको हो । तर, संविधान कार्यान्वयनमा आएको ७ वर्षमा पनि सर्वस्वीकार्य हुन सकेको छैन । मधेशवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधानप्रति असन्तुष्टि जनाउँदै आएका छन् । दिवसको अवसरमा आज सरकारले काठमाडौँको टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्