नेपालमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , बैशाख २३ । पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५ जनाको पीसीआर परीक्षणमा १ जना र १५४८ जनाको एन्टिजेन परीक्षणमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु भएको छैन भने २६ जना निको भएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १३७ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्