प्रचण्ड सरकारमा सहभागी हुने वा नहुने भन्ने बारेमा आज रास्वपाले निर्णय गर्दै

न्युज कारखाना 
  • ख-
  • ख+

काठमाडौं, २२ बैशाख । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज निर्णय लिदैँछ ।

आज अपरान्ह बस्न लागेको केन्द्रिय समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा पार्टीको सहभागितालाई दिएर छलफल गर्नेछ ।

सो पार्टीका प्रवक्ता मुकुल ढकालले समसमायिक राजनीतिक बिषय तथा बदलिदोँ राजनीतिक परिस्थीतिका बारेमा छलफल हुन गइरहेको जानकारी दिएका छन् ।

गत बैशाख १० गते भएको उपनिर्वाचनवाट पार्टी सभापति लामिछाने पुनः निर्वाचित भएर आए पछि दोस्रो पटक केन्द्रिय समिति बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुनका लागि रास्वपालाई आग्रह गरिसकेका छन तर रास्वपाले भने अझै ‘ग्रिन सिग्नल’ नदिएको अवस्थामा सो बैठक बस्न लागेको हो ।

सत्तारुढ गठबन्धनले भने रास्वपालाई सरकारमा ल्याउनका लागि प्रधानमन्त्री प्रचण्डलाई अधिकार प्रदान गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्