काठमाडौं, १७ बैशाख ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता गरेको छ ।
प्रचण्डलाई भेट्न आइतबार बिहान सभापति लामिछाने प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको थियो ।उपनिर्वाचनमा निर्वाचित भए पछि लामिछाने पहिलोपटक प्रधानमन्त्रीलाई भेट्न जानु भएको हो ।
यसैबिच पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टचारीलाई कारबाही गर्ने बुदाँ न्यनतम नीति तथा कार्यक्रमवाट हटाएको खुलासा भएको छ । नेकपा एमालेसहितको समर्थन रहेको बेला उल्लेख भएको भ्रष्टचारलाई कारबाही गर्ने बुदाँ नेपाली कांग्रेस सरकारमा आए पछि हटाएको खुलेकाे भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिने सम्भावना बढेको छ ।











