काठमाडौं, १७ वैशाख । आज देशका सबैजसो ठाँउँमा बदली भएर धेरैजसो पहाडी क्षेत्रमा सामान्य वर्षा भएको छ ।
स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण देशमा धेरैजसो ठाउँमा बदली र वर्षा भएको मौसम पूर्वानुमान् महाशाखाले जनाएकाे छ । अहिले पनि पहाडी भूभागका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज राति पनि देशका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैबीच भोलि भने मौसम बदली र वर्षा अझै धेरै हुने महाशाखाको पूर्वानुमान् छ । भोलि देशका तराईसहित सबैजसो ठाउँमा बदली भएर धेरैजसो ठाउँमा सामान्यदेखि मध्ययमसम्मको वर्षा हुने सम्भावना रहेको बताइएकाे छ । भोलि पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङको सम्भावना धेरै रहेकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।











