कर्णालीका मुख्यमन्त्रीले तेस्रोपटक पाए विश्वासको मत

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख १५ । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् ।

शुक्रबार प्रदेशसभाको १४ औँ बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् । उनले नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री शर्माले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका थिए ।

मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा २९ मत परेको छ भने विपक्षमा १० मात्रै परेको छ । उनले नेकपा एमाले र राप्रपा बाहेक सबै दल तथा स्वतन्त्र सांसदको मत प्राप्त गरेका हुन् । उनलाई माओवादीको १३, कांग्रेसको १४, समाजवादीको १ र एक जना स्वतन्त्र सांसदको मत प्राप्त भएको हो ।

यसअघि पहिलोपटक शर्माले ६ माघमा विश्वासको मत लिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्