कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मागे तेस्रो पटक विश्वासको मत

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख १५ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज तेस्रो पटक विश्वासको मत मागेका छन् ।

प्रदेशसभाको १४औँ बैठकमा आफ्नो भनाइ राख्दै उनले संविधानको धारा ११८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका हुन् ।

प्रदेश सरकारमा रहेको एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्मालाई तेस्रोपटक विश्वासको मत लिन परेको हो । यसअघि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको मत लिएका थिए।

मुख्यन्त्री शर्माले कर्णालीको प्रतिपक्ष रोग, भोक, अभाव र विकटता भएको भन्दै सबै दलहरु त्यसको विरुद्धमा एकजुट भएर अघि बढ्नुपर्ने बताए । दोस्रोपटक उनलाई एमाले, कांग्रेस, समाजवादी र स्वतन्त्रले विश्वासको मत दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्