ओलीमाथि झापामा गठबन्धन दलका कार्यकर्ताले ढुंगामुडा गरेको भन्दै एमाले सांसद गिरीको आपत्ती

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख १३ । नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा गठबन्धनकै दलका कार्यकर्ताले ढुंगामुडा गरेर कार्यक्रम भाड्ने कोसिस गरेको भन्दै आपत्ती जनाएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले भद्रपुरबाट बुधबारे जाने क्रममा कार्यक्रमस्थल भन्दा बाहिर बसेका गठबन्धनका कार्यकर्ताले होहल्ला र ढुंगामुडा गरेर कार्यक्रम भाड्ने कोसिस गरेको भन्दै आपत्ति जनाउनुभएको हो ।

उहाले बिभिन्न बहानामा सत्ता पक्षले प्रतिपक्षलाई जिस्काउने काम गरेको आरोप लगाउदै प्रतिपक्षमा बसेर अन्यास सहनु पर्ने कुनै कारण नभएको जिकिर गर्नुभयो ।

उहाले शान्ति स्थापना गर्ने दायित्व सरकारको भएको भन्दै सरकार जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने धारणा राख्नुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्