स्पेनिस ला–लिगा: एट्लेटिकोलाई हराउँदै बार्सिलोनाकाे अग्रता कायमै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ बैशाख । स्पेनिस ला–लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले आफनो अग्रता कायमै राख्न सफल भएको छ ।

बार्सिलोनाले तेस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई १–० ले पराजित गर्दै आफनो अग्रता कायमै राखेको हो । आइतबार बार्सिलोनाको घरेलु मैदान नउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका फेरान टोरेसले खेलको ४४ औँ मिनेटमा गरेको गोल नै अन्ततः निर्णायक बन्न पुग्यो ।

उनले गरेको एकमात्र गोल तीन अंकका लागि निर्णायक बनिदिा बार्सिलोनाले ३० खेलबाट ७६ अंक जुटाउन सफल भएको छ भने एट्लेटिको म्याड्रिडको ६० अंकमा सिमित रहन पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्