प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन जारी

खबर बुक
  • ख-
  • ख+

तनहुँ, १० वैशाख । प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको छ ।

आइतबार तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन भएको हो । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो ।

त्यस्तै चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणमा कसुरदार ठहर भएपछि रिक्त दलमा पुन उपनिर्वाचन भएको हो भने तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित उपनिर्वाचन भएको हो । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी प्रचलित कानुन, निर्देशिका, कार्यविधि तथा आयोगको निर्देशनविपरीतका यस्ता निर्णय बदर गरी प्रचलित कानुनबमोजिम मात्र हुने गरी प्रतिनिधि सभा सदस्य उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष गर्न निर्देशन दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्