सुडानमा विपक्षी समूहद्धारा ७२ घण्टे युद्धबिराम

खबर बुक
  • ख-
  • ख+

एजेन्सी, ८ बैशाख । सुडानको विपक्षी समूहले ७२ घण्टे युद्धबिराम गरेको छ ।

बिपक्षी रयापिड सपोर्ट फोर्स (आरएसएफ) ले एक पक्षीय रुपमा ७२ घण्टे युद्ध बिराम घोषणा गरेको हो । इद उल फितर पर्वको अवसरमा एकपक्षिय युद्ध बिरामको घोषणा गरेको सो समुहले जनाएको छ ।

गत हप्तादेखि राजधानी खार्तुमा सत्ता संघर्षका लागि जारी युद्धलाई इद उल फितर पर्वलाई लक्षित गर्दै आरएसएफले एक पक्षीय रुपमा युद्ध बिरामको घोषणा गरेको हो । स्थानीय समय अनुसार शुक्रबार बिहान ६ बजेदेखि सुरु हुने युद्ध बिराम ७२ घण्टासम्म रहनेछ ।

अहिलेसम्म सो आन्तरिक युद्धमा परी झन्डै २ सय ५० जनाले ज्यान गुमाइसकेका छन भने सरकार र बिद्रोही समुहका बिचमा सत्ता संघर्ष चर्किदै जाँदा हजारौं सर्वसाधारणले राजधानी खार्तुम छाडेका छन ।

बिपक्षी समुहले घोषणा गरेको युद्ध बिरामको अवस्थामा अझै धेरै सर्वसाधारण राजधानीवाट बाहिरिने अनुमान गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्