ए डिभिजिन लिगः दशौं चरणका अन्तिममा दुई खेल हुदैँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ७ बैशाख । शहीद स्मारक ए डिभिजन लिग फुटबल आज दुई खेल हुदैँछ । सो लिग अन्तर्गत आज हुने दशौँ चरणका अन्तिम दुई खेलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पा तथा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ बिच प्रतिस्पर्धा हुनेछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा  थ्रीस्टार क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।तेस्रो स्थानमा रहेको थ्रीस्टारले १५ अंक जोडेको छ भने  दुई खेल मात्र जितेको हिमालय शेर्पा भने १३औँ स्थानमा छ ।

उता, दशरथ रंगशालामा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ भिडने छन् । सो खेल साँझ ६ बजेवाट सुरु हुनेछ । छैटौँ स्थानको चर्च ब्वाइजले ९ खेलबाट १५ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको सातदोबाटोले ९ खेलबाट १७ अंक जोडेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्