काठमाडौं, ६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले ठूला भ्रष्टाचारका विषयमा अख्तियारले अध्ययन गर्न र मुद्दामा दायर गर्नका लागि ढिलाइ भइरहेको बताउनुभयो ।
उहाले ठूला मुद्धामा तल्लो तहका कर्मचारीमात्रै मुछिने गरेको र मुख्य व्यक्तिलाई बयान समेत लिन नसकेको जिकिर गर्नुभयो ।
नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले बूढीगण्डकी आयोजना निर्माणका कार्यलाई तत्काल अघि बढाउनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।











