थप ८४ जनामा कोरोना संक्रमण, संक्रिय संक्रमित ३५८

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, चैत्र २३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार विहीबार १ हजार ४०२ नमूना परीक्षण गरिएकामा २७२ पीसीआर परीक्षणमा ६३ जना र १ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा २२ जना गरी ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३५८ जना पुगेको छ। काठमाडौं उपत्यकामा १९ जना कोरोना संक्रमित देखा परेका छन् ।

मन्त्रालयका अनुसार हाल संस्थागत आइसोलेसनमा १७ जना छन् भने आईसीयूमा ४ जना र भेन्टिलेटरमा एकजना कोरोनाका बिरामी उपचाररत छन् ।

यस्तै २७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यसअघि बुधबार मात्रै ९८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्