काठमाडौँ, चैत्र १४ । पछिल्लो २४ घण्टामा देशभर थप २४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २९ जनाको नमुना परीक्षण गर्दा जसमा पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट ९ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ३ जना सङ्क्रमण मुक्त भएका छन् ।
त्यस्तै, २८ हजार ९१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।











