थप ६९ जनामा कोरोना संक्रमण पुष्टि

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १३ चैत । नेपालका पछिल्ले समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ४ सय ८८ पिसिआर परिक्षणका क्रममा २५ जना र ७ सय ७८ एन्टीजेन परिक्षणका क्रममा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा कोरोनाका संक्रिय संक्रमित ६६ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्