
सिट बाँडफाँटको सकसमा रहेका सत्तारुढ दल हरुको बैठक आज पनि बस्दैछ।
निरन्तर बैठक गरिरहेको कार्यदलसहित शीर्ष नेताहरुले आज पनि छलफल गर्ने भएका छन।
कार्यदलसहित शीर्ष नेतारुको बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्ने कार्यदल सदस्य एवम् राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले जानकारी दिनुभयो ।
हिजो पनि कार्यदलसहित शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल भएको थियो।
कार्यदलका सदस्यहरुका अनुसार आधा जति सिटमा सहमति जुटिसकेको छ । कार्यदलले निर्वाचन क्षेत्रअनुसार बुझाएको सिट बाँडफाँटको खाकामा एक सय हाराहारीमा सहमति जुटेको र ६५ सिटमा दाबी धेरै देखिएकाले सहमति जुट्न नसकेको सदस्यहरुको भनाइ छ ।