सावित्रा भण्डारीलाई डेंगु, अवस्था सामान्य

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ भदौ । साफ महिला च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाली टिमकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी नखेल्ने भएकी छन् । डेंगु संक्रमणका कारण सावित्राले श्रीलंकाविरुद्धको समूह चरणको अन्तिम खेल गुमाउने भएकी हुन् ।

‘हिजो पजिटिभ देखियो । अहिले अवस्था सामान्य छ । होटेलमै विश्राम गरिरहेको छु,’ साjlत्राले भनिन् । चार दिनदेखि ज्वरोको कारण उनी टिमको प्रशिक्षण सामेल भएकी थिइनन् ।

नेपालले सोमबार साँझ ०५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा श्रीलंकाविरुद्ध खेल्दैछ । यसअघि भएको पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको थियो । यस्तै, समूहमा श्रीलंकालाई ५-० ले पराजित गरेको भुटानले सेमिफाइनलको यात्रा तय गरिसकेको छ ।

आज श्रीलंकाविरुद्ध खेलमा बराबरी वा पाँच गोलको अन्तरभन्दा कमले पराजित भएमा पनि नेपाल सेमिफाइनल प्रवेश गर्नेछ । तर, पाँच गोलको अन्तरमा नेपाललाई पराजित गरे श्रीलंकाले सेमिफाइनल यात्रा तय गर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्