महाअभियोग समितिको बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव छानविन गर्न गठित समितिको बैठक आज बस्दै छ ।

मध्याह्न साढे १२ बजेका लागि बोलाइएको बैठकमा प्रधानन्यायाधीश जबरालाई बाँकी प्रश्न सोध्ने र त्यसपछि समितिकै बैठक बसेर थप काम गर्ने तयारी भएको समिति सदस्य मिनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

समितिले यसअघि गत सोमवार नै सबै काम सकेर प्रतिनिधि सभालाई प्रतिवेदन बुझाउने बताए पनि जबरासँगको बयान लम्बिएपछि समय लागेको उहाँले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्