फाइजरको नयाँ बाइभ्यालेन्ट खोपको साढे ३ लाख डोज नेपाल आइपुग्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ फागुन । कोरोनाभाइरसविरुद्धको फाइजरको नयाँ खोप बाइभ्यालेन्टको तीन लाख ४५ हजार डोज नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत सोमबार बिहान नेपाल आइपुगेको सो खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ ।

सो खोप बुस्टर डोजको रुपमा प्रयोग गरिने विभागले जनाएको छ । बाइभ्यालेन्ट खोप पहिलोपटक नेपाल भित्र्याइएको हो । यो खोप ओमिक्रोनको सबभेरिएन्टविरुद्ध प्रभावकारी मानिएको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्ट खोपको १५ लाख डोज नेपालले पाउनेछ । जसमध्ये तीन लाख ४५ हजार डोज खोप सोमबार नेपाल आइपुगेको हो । बाँकी खोप अब तीन चरणमा नेपाल ल्याइने विभागले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्