भारतीय स्थल सेनाध्यक्ष जनरल पाण्डेले आज प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्दै

खबर बुक
  • ख-
  • ख+

नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्दै हुनुहुन्छ ।

भारतीय स्थल सेनाध्यक्ष पाण्डेले दिउँसो ३ बजे प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

साँझ उहाँँ पशुपतिनाथको दर्शनमा जानु हुनेछ । भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभएको थियो ।

भारतीय स्थल सेनाध्यक्ष पाण्डेले भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई ‘माइन प्रोटेक्टिभ’ सवारीसँगै केही स्वास्थ्य सामग्री र घोडा हस्तान्तरण गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्