गृहमन्त्री गुरुङद्धारा राष्ट्रिय परिचयपत्र र पञ्जीकरण विभागमा छड्के अनुगमन

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २३ चैत । गृहमन्त्री सुधन गुरुङले सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा कालिकास्थानस्थित पञ्जीकरण विभागमा आकस्मिक छड्के अनुगमन गरेका छन् ।

मन्त्री गुरुङ आज बिहान दुवै कार्यालय पुगेर त्यहाँबाट प्रवाह हुने सेवा, कर्मचारीको अनुशासन, वेबसाइट ह्याक भएको विषयबारे प्रत्यक्ष जानकारी लिएका हुन् ।

परिचयपत्र वितरणमा भइरहेको ढिलाइ र नागरिकले भोग्नुपरेको सास्तीलाई छिटो छरितो बनाउने विषयमा उनले विशेष चासो राखेको उनको सचिवालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्