राष्ट्रिय सभाको उपाध्यक्षमा एमाले सांसद् लिलाकुमारी भण्डारी निर्विरोध

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २२ चैत । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद् लिलाकुमारी भण्डारी निर्विरोध भएकी छन् ।

उपाध्यक्षको मनोनयन दर्ताका लागि तोकेको समयमा भण्डारीको मात्रै उम्मेदवारी परेको संघीय संसद् सचिवालयका सहप्रवक्ता अनन्त कोइरालाले जानकारी दिए । सचिवालयले उपाध्यक्षका लागि आइतबार साढे २ बजेदेखि साढे ३ बजेसम्म मनोनयन दर्ताका लागि मसय छुट्ट्याएको थियो ।

भण्डारीको प्रस्तावकमा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्