मतदाता नामावली संकलन कार्य भोलिदेखि सुरु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ चैत । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुनस् सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार्यक्रम फेरी निर्णय गरेको हो ।

राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् ।

राष्ट्रिय परिचयपत्र नबनाएकाले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रविष्ट गर्नुपर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट नाम दर्ता गर्न सकिने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्