काठमाडौँ, २० चैत । नवनियुक्त सभामुख डोलप्रसाद (डिपी)अर्यालले आइतबार शपथग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार, नवनियुक्त सभामुख अर्यालको सपथ आइतबार दिउँसो ३ बजे तय गरिएको हो।
शितल निवासमा हुने सपथ ग्रहण कार्यक्रममा उच्च पदस्थ सरकारी अधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति हुनेछ।
प्रतिनिधिसभा, सभामुखको निर्वाचन कार्यक्रमअन्तर्गत तोकिएको समयभित्र रास्वपाका उपसभापति अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका थिए।











