काठमाडौँ, १९ चैत । प्रतिनिधि सभाको सभामुख चयनका लागि प्रक्रिया अगाडि बढेको छ । प्रतिनिधि सभाको बैठकमा अध्यक्षता गरिरहेका अर्जुननरसिंह केसीले संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेलाई आजै सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन् ।
हिजो बसको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले सभामुखको निर्वाचन चैत २२ गते गर्ने सहमति गरेको थियो ।
सभामुखका लागि मनोनयन दर्ता शुक्रबार गर्ने सहमति भएको छ ।











