वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १८ चैत । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएसँगै आजदेखि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने भएकी छन्।

कायममुकायमको जिम्मेवारी सम्हाल्ने मल्ल कानुन व्यवसायी पृष्ठभूमिकी हुन् । वकालतमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष बिताएका राउत २०८१ असोज २० मा प्रधानन्यायाधीश बनेका थिए । २०७३ साउन १७ गते न्यायाधीशका रूपमा प्रवेश गर्दा नै उनी प्रधानन्यायाधीशको रोलक्रममा थिए । ६५ वर्ष उमेरहदका कारण अनिवार्य अवकाश भएसँगै राउतलाई मंगलबार मल्लले बिदाइ गरेकी थिइन् ।

भावी प्रधान न्यायाधीशका लागि न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाँल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्