प्रधानमन्त्री र कोशीका सांसदहरुबिच छलफल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ चैत । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरूसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री र सांसदहरुबीच छलफलमा कोशी प्रदेशका समस्या र समाधानका उपायहरूबारे छलफल गरेका छन् ।
छलफलमा सहभागी भएका रास्वपा सांसद यज्ञमणी न्यौपानेका अनुसार, सबै सांसदहरूले आ–आफ्नो क्षेत्र र जिल्लाका समस्याबारे प्रधानमन्त्री शाहसमक्ष ब्रिफिङ गरेका छन् ।

साथै, प्रधानमन्त्री शाहले प्राथमिकताका आधारमा समस्याहरू समाधान गर्दै अघि बढ्ने पनि बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्