बालेन शाहलाई संसदीय दलको नेता चयन गर्न रास्वपाको बैठक आज बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो बस्ने भएके हो ।

पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई संसदीय दलको नेता चयन गर्न बैठक बस्न लागेको पार्टीका सह–महामन्त्री विपिन आचार्यले जानकारी दिए ।

केन्द्रीय समितिबाट निर्णय गराएर रास्वपा संसदीय दलले शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्