मैले गाडी अगाडि बढाइसके, अब रोकिँदैनः गगन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १० चैत । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवा समूहका नेताहरूलाई पार्टीको नियमित महाधिवेशनको पक्षमा आउन आग्रह गरेका छन्।

मंगलबार पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापतिको रूपमा आफूले गाडी अगाडि बढाइसकेको भन्दै अब नरोकिने बताएका छन् ।

उनले भने, ‘हामी सबैको अर्जुन दृष्टि अब महाधिवेशनमा हुन्छ। म यो कमिटीमा नभएका बाहिरका साथीहरूलाई पनि अपिल गर्छु, विशिष्ट अवस्थामा विशेष महाधिवेशन भयो। नयाँ नेतृत्व आयो। हामी निर्वाचनमा भाग लियौँ, अब महाधिवेशनमा जाँदैछौं। अब विशेष महाधिवेशन अगाडि, विशेष महाधिवेशन पछाडि, कसले भाग लियो कसले लिएन भन्ने कुरा सकियो अब। मैले सभापतिको रूपमा यो गाडी हाँकिरहेको छु, गाडी अगाडि बढ्यो अब। अब रोकिँदैन।’

सभापति थापाले गाडीमा को विशेष महाधिवेशन थियो थिएन भनेर पूर्वाग्रह नराख्ने बताए। साथै उनले आफूहरूले असन्तुष्ट नेताहरूसँग संवादको प्रयास पनि जारी राखेको बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्