गृह जिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक झापा पुगेका छन्।

इलाममा आयोजित कार्यक्रममा सहभागी हुन ओली शनिबार झापास्थित चन्द्रगढी विमानस्थलमा अवतरण गरेका हुन्। विमानस्थलबाट उनी स्थलमार्ग हुँदै इलाम प्रस्थान गरेका छन्।

ओली आज इलाममै रहने कार्यक्रम रहेको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए।

उनका अनुसार ओलीले आइतबार बिर्तामोडमा नेकपा एमाले झापाले आयोजना गर्ने ‘मिसन पार्टी जागरण अभियान’ को उद्घाटन गर्नेछन्।

निर्वाचनपछि पहिलोपटक झापा पुगेका ओलीको आगमनलाई एमालेको संगठनात्मक गतिविधि र आगामी राजनीतिक तयारीका दृष्टिले समेत महत्वपूर्ण रूपमा हेरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्