शेरबहादुर देउवा नै कांग्रेसको सभापति हो, यही सन्देश लगेर जानुहोला : विमलेन्द्र निधि

खबर बुक
  • ख-
  • ख+

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले शेरबहादुर देउवा नै कांग्रेसको सभापति रहेको सन्देश गाउँसम्म लगेर जान कार्यकर्तालाई आग्रह गरेका छन् । कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै निधिले यस्तो बताएका हुन् ।

‘साथीहरूले याद गर्नुहोला । नेपाली कांग्रेसको आजको पनि सभापति शेरबहादुर देउवा नै हुनुहुन्छ, यो सन्देश लिएर जानुस्,’ निधिले भने, ‘अरू कोही होइन ।’

उनले देउवालाई निवर्तमान वा पूर्वसभापति पनि भनिरहनु नपर्ने उनले बताए । ‘देउवालाई निवर्तमान सभापति, पूर्वसभापति भनिरहनु पर्दैन, नभन्नुहोला । उहाँ नै हाम्रो पार्टीको सभापति हो,’ निधिले भने ।

देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन हुने पनि उनले दाबी गरे । उनले भने, ‘१५ औं महाधिवेशनमा सहभागी हुन, जुनजुन कारणले साथीहरू अलग भएपनि यही किसिमले अगाडि बढ्नुपर्दछ । र, नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्दछ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्